हुम्ला। नेपालमा स्थानीय निकायको चुनाव नभएको करिब १८ वर्ष भइसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावपछि अहिलेसम्म अर्को स्थानीय निकार्यको चुनाव हुन सकेको छैन ।

सरकारले चाँडै नै स्थानीय निकायको चुनाव गराउने बताउँदै आएको पनि धेरै भइसक्यो । तर, नेपालकै एउटा गाविस यस्तो छ, जहाँ हरेक ५÷५ वर्षमा गाविस चुनाव हुन्छ । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुन्छन् । यस्तो निर्वाचनप्रेमी गाविस हो– हुम्ला जिल्लाको लिमी ।

पहिला मुखिया चुन्ने चलनलाई परिमार्जन गरेर अहिले गाउँलेहरुले गाविस अध्यक्षलगायत अन्य पदाधिकारी चुन्दै आएका छन् । अहिले ९ वडामा ४७ जना पदाधिकारी छन् । हाल दावा लोचुक तामाङ अध्यक्ष छन् भने दासी फुर्बु लामा उपाध्यक्ष हुन् । उनीहरुकै कमाण्डमा अन्य पदाधिकारी चलेका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया