काठमाडौं । अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीकर्ताले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको सकम दसैंपछि बुझाएपनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।

दसैंमा खर्चको जोहो गर्न बिक्री गरेको सेयर कुनै न कुनै तरिकाले पुनः बजारमा फर्कने र त्यसले बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ताले सेयर किन्न थालेका छन् र त्यसैको परिणामस्वरुप सेयर बजार मापक नेप्से पुनः उकालो लागेको छ । सेयर बजार सोमबार साढे १६ बिन्दुले बढेको छ ।

अहिलो सेयर खरिद गर्दा रकम पनि बुझाउनु नपर्ने र लगानी नगरी दसैंपछि बजार बढ्दा नाफा हुने देखेर सेयर खरिदतर्फ लगानीकर्ता आकर्षित भएको ब्रोकरहरुको भनाइ छ । ‘लगानी नगरी नाफा हुने देखेपछि सेयर खरिद गर्दा बजार बढ्न पुगेको हो।’ ती ब्रोकरले भने,‘सँधै कारोबार गर्ने लगानीकर्ताको विश्वासको आधारमा उनीहरुलाई यस्तो सुविधान दिने गरिन्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया