१८ असोज , काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको लागि आजदेखि आवेदन भर्न सकिनेछ । बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेब साइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् ।

निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ । एक जनाले एउटा मात्र आवेदन दिन सक्नेछ ।अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन भने चस्मा लगाएको फोटो मान्य हुने छैन । डिभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा डिभी परे नपरेको थाहा हुन्छ । दूतावासले डिभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । डिभी कात्तिक २२ गतेसम्म भर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया