baburam in inaruwa naya sakti

असोज १८ इनरुवा / नयाँ शक्ति नेपाल पाटीका संयोजक डाक्टर बाबुराम भट्टराईले मुलुकको निकाशकालागि राष्ट्रिय सहमतिको अपरिहार्य रहेको बताउनु भएको छ ।संविधान संसोधन अनिवार्य रहेको बताउनुहुँदै भट्टराईले मधेशका समस्या सम्बोधन हुने गरी संसोधनको प्रकृया अघि बढाउन ढिला गर्न नहुने धारणा राख्नु भयो ।

सुनसरीको इनरुवामा संचारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले कोही एकको लिंडे ढिपी राष्ट्रका लागि घात हुनुभन्दा राष्ट्रिय सहमतिय बाटो खोजेर निकाश दिलाउने प्रयत्नमा सवै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु भयो ।मधेशका समस्या सम्बोधन हुने गरी संविधान संसोधन गरी अघि बढ्न एमालेका साथै मधेशवादी दल दुवैले लचिलो हुन जरुरी रहेको वहाँको भनाई थियो । देशको  भौगोलिकताका कारण समेत संविधान कार्यान्वयन जरुरी रहेको वहाँको तर्क थियो ।

दलिय खिचातानीमा अल्झिए मुलुक थप दलदलमा फस्ने सक्ने तर्फ संकेत गर्दै भट्टराईले अन्तराष्ट्रिय स्तरमा छवि विग्रने र नकारात्मक असरहरु देखापर्ने तर्फ सचेत हुन आवश्यक रहेको बताउनु भयो  । इनरुवा नगर कार्य समितिले आयोजना गरेको नयाँ संविधानको एक वर्ष, सम्भावना र चुनौति, नयाँ कार्य दिशा विषयक अन्तरकृयामा सहभागि हुन डा. भट्टराई इनरुवा पुग्नु भएको थियो ।

तपाईको प्रतिक्रिया