dil bahadur sradanjali sane babu
इनरुवा असोज १८/पूर्व गृह मन्त्री तथा सुनसरी सदरमुकाम इनरुवाका संस्थापक दिलबहादुर श्रेष्ठको सम्झनामा आज इनरुवामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । ९० वर्षको उमेरमा श्रेष्ठको असोज १ गते उपचारका क्रममा काठमाण्डौंमा निधन भएको थियो ।  दिलबहादुर श्रेष्ठ जसले इनरुवालाई सदरमुकाम कायम गराउन र वस्ती तथा बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

श्रेष्ठको योगदानको सम्झना स्वरुप उद्योग वाणिज्य संघ इनरुवाले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा उपस्थितहरुले साने बाबु उपनामले परिचित दिलबहादुर श्रेष्ठको अभाव नगरवासीमाझ खड्किएपनि उनले छाडेर गएका गुनहरु विसर्न नसकिने भन्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रमका स्व. दिलबहादुरको परिवार, आफन्तका साथै स्थानीय राजनैतिक दलका प्रतीनिधी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
नगरपरिक्रमा गरी स्वर्गिय श्रेष्ठको अस्तु सुनसरी खोलामा विसर्जन गरिएको थियो ।

तपाईको प्रतिक्रिया