harinagara swasthya sibir
इनरुवा १८ असोज/सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरामा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मैत्री समाज नेपाल विराटनगरको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा आँखा,नाक,कान,घाँटी,दाँतका साथै केटाकेटी र स्त्री रोगबारे सेवा उपलब्ध गराइएको थियो ।

कार्यक्रममा रक्तदान गर्ने व्यवस्था समेत मिलाइएको थियो । ग्रामिण भेगलाई लक्षित गरी आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउनकालागि विहानैबाट सर्वसाधारणको भिड लागेको थियो । स्वास्थ्य शिविरमा लाइफ गार्ड हस्पिटल, गोल्डेन हस्पिटल, आरके चिल्ड्रेन प्रालि, नेशनल किड्नी हस्पिटल,गोल्छा आँदा अस्पताल,स्टार डेन्टल क्लिनिक र संजिवनी हस्पिटलका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।

मैत्री समाजको कुल सदस्य संख्याको धेरैजसो सदस्य सुनसरीको दक्षिणी भेगका रहेकोले सो क्षेत्रलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालनमा ल्याइएको समाजका अध्यक्ष पुरुषोत्तम ढकालले बताए । मैत्री समाजले ५ सय बढी विरामीको चेकजाँच गरेको जानकारी दिएको छ । समाजले गरिव,दलित र विपन्न समूदायलाई लक्षित गरी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया