sunsari campus khanepani
इनरुवा असोज १८ /सुनसरी बहुमुखी क्याम्पस इनरुवालाई खानेपानी उपलब्ध गराएको छ । स्वच्छ खानेपानी अभियान संचालन गर्दै आएको नेपाल डेभलपमेन्ट सोसाइटीले सुनसरी क्याम्पसमा खानेपानीको व्यवस्था मिलाएको हो ।

सोसाइटीले ५० हजार लागतमा क्याम्पसमा पक्की ढलान सहितको ट्युबेल, पानी तान्ने मोटर, खानेपानीको धारा, पानी ट्यांकी उपलब्ध गराएको हो । औपचारिक कार्यक्रमकावीच स्वच्छ खानेपानी क्याम्पस प्रमुख प्रकाश नेपालीलाई हस्तान्तरण गरिएको थियो । नेपाल डेभलोपमेन्ट सोसाइटीका व्यवस्थापक अब्दुल जब्बारले नेपालीलाई निर्माण सम्पन्न खानेपानीका संरचना हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया