रावल यसअघि गृहमन्त्री र पर्यटनमन्त्रीका रुपमा काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।पार्टीमा माधव नेपाल समूहबाट गत महाधिवेशनमा उपाध्यक्ष जितेका रावल संविधान निर्माणका क्रममा ओलीका विश्वास पात्रको रुपमा काम गरेका थिए ।
अर्थमन्त्री एमाले उपमहासचिव विष्णु पौडेल भएका छन् । उनी जलस्रोत, रक्षालगायत मन्त्रालयमा मन्त्री बनिसकेका अनुभवी व्यक्ति हुन् । ओलीका विश्वासपात्रसमेत मानिने पौडेल पछिल्लो राजनीतिक समीकरण निर्माणमा सक्रिय थिए ।
रावल अछाम र पौडेल रुपन्देहीबाट निर्वा्चित सांसद हुन् । सञ्चारमन्त्री भोजपुरका शेरधन राई भएका छन् । ओली निकट मानिने राई सांसद सुशासन समितिका सभापति थिए ।
त्यसैगरी, पर्यटनमन्त्री दोलखाका निर्वा्चित सांससद आनन्द पोखरेल भएका छन् । महासचिव ईश्वर पोखरेल निकट मानिने पोखरेल प्राकृतिक स्रोत साधनसम्बन्धी काममा अध्यस्त व्यक्ति हुन् ।
बिनाविभागीय मन्त्रीका रुपमा बिहीबार एमालेकै सांसद शान्ता मानीले शपथ लिएकी छन् । पुरानो महिलो नेतृ मानवीको नाममा अन्तिम समयमा मन्त्रीको सूचीमा चढेको हो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ।