काठमाडौं।गत महाधिवेशनमा पार्टी सभापतिमा पराजित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको पार्टीभित्रको हैसियत कतिसम्म दयालाग्दो अवस्थामा पुगेछ भन्ने कुरा गत शुक्रबार उनी आफैंले आयोजना गरेको कार्यक्रममा देखिएको छ । दसैंको अवसरमा गरिएको चियापान कार्यक्रम उनका आफ्नै गुटका नेता कार्यकर्ताले समेत पत्याइदिएनन् ।

पौडेलले गत शुक्रबार बसुन्धारामा रहेको दियालो पार्टी प्यालेसमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा आफ्ना पार्टीका नेता–कार्यकर्ता तथा पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो । तर, विडम्बना केही पत्रकार र नेविसंघका कार्यकर्ताबाहेक कोही पनि उनको कार्यक्रममा गएनन् । आगन्तुकका लागि राखिएका कुर्सी सबै खाली थिए ।

कार्यक्रममा सहभागी नेविसंघका एक कार्यकर्ताले भने– ‘नेविसंघको कार्यकर्ता नआइदिएको भए पौडेल दाइलाई त मुख देखाउनै लाज लाग्ने अवस्था थियो ।’ बुधबार साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया