काठमाडौं। प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिष्ठनाको पोष्टग्रयाजुएट (पिजी) तहमा विद्यार्थी भर्नामा नियमविपरीत मनपरी गर्ने गरेको भेटिएपछि स्वास्थ्य मन्त्रालयले कारबाही प्रक्रिया सुरु गर्दै स्पष्टीकराण सोध्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने भएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाले अनियमित तबरले भएको तीन विद्यार्थी भर्नासमेत रद्द गर्न प्रतिष्ठानलाई निर्देशनसमेत दिएका छन् । स्पष्टीकरणपछि जवाफका आधारमा कारबाही प्रक्रिया थाल्ने मन्त्रालयले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया