२० असोज, रोशन पोखरेल  विराटनगर । विधुत प्राधिकरणको चरम् लापरवाही भन्दै पब्लिक फोरमले आज विधुत प्राधिकरण घेराउ गरेको हो । अहिले केहिवेरमा विधुत प्राधिकरण विराटनगरको कार्यालय घेराउ गरेको पब्लिक फोरमले जनाएको छ ।

विगत केही दिनदेखि विराटनगरमा विधुत अनियमितता हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ । लगातार विधुत कटौति भइरहने र विधुत आए पनि भोल्टेज नहुने भएकोले यहाँको उद्योग धन्दा कल कारखानाहरु ठप्प रहेका छन् ।

लगातार विधुत आपूर्तिमा समस्या आएपछि विराटनगरका सवै एफ एम स्टेशन को नियमित प्रशारणहरु समेत बन्द भएका छन् । विधुत अवरोधका कारण विराटनगरका उद्योग व्यावसाय धाराशायी वन्न पुगेको उद्योगी व्यावसायिले बताएका छन ।

चाड पर्वको समयमा दैनिक विधुत प्रवाह नहुदा नापी , मालपोत , जिल्ला प्रशासन कार्यलय लगायतका सरकारी कार्यालयमा थप पिडा भएको सेवाग्राहिले बताएका छन ।

दशै जस्तो चाड पर्वमा विधुत कटौति हुदाँ उपभोकतामा निराशा उत्पन्न भएको छ । भने शान्ति सुव्यावस्थामा खल्ल पुगेको स्थानिय वासीको भनाई रहेको छ । विधुत प्राधिकरणले अनियमिता गरेको विषयमा राजनैतिक दलहरुले समेत विरोेध जनाउने बताएका छन ।

तपाईको प्रतिक्रिया