२० असोज, रोशन पोखरेल विराटनगर। युनिक कराते डोजोका ब्लाक वेल्ट लिन सफल १६ जना खेलाडीहरुलाई पूर्वाञ्चल अनाथ आश्रममा आज एक कार्यक्रमको बिच बेल्ट तथा प्रमाणपत्र बितरण गरिएको छ ।
सम्मानित खेलाडीहरुलाई सभासद ऋषिकेस पोखरेल ले बधाइ तथा शुभकामना दिदै देश विकाशको लागी चौतर्फी विकाश गर्न खेलाडिको अग्रगामी रुपमा महत्वपूण भुमिका रहेको वताउनुभयो । सो क्रममा लायन्स क्लवका पदकारीहरु लगायतले आगामी दिनमा उत्कृष्ट खेल प्रर्दशन गर्न शुभकामना दिनुभयो ।
सो कार्यक्रमा लिला ढुङ्गेल , रेवत कार्की , तुलसी पोखरेल , नित्तम चौहान , यादव पोखरेल , सीता पोखरेल , सीमा पोखरेल , खेम नेपाल , युबराज अधिकारी , एकराज ढकाल अमेरिकी अतिथी लगायत युनिक क्लबका पदाधिकारीहरुले डोजो खेलाडीलाई प्रमाणपत्र हस्तारण गर्नुभएको मोरङ्ग कराते प्रशिक्षक विनोद कुमार राउतले जानकारी दिनुभयो ।