२० असोज, रोशन पोखरेल  विराटनगर।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका संविधान संशोधन लगायतका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष विजय कुमार गच्छदारले पूरा गर्न सकिने मागबारे सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले मोर्चाले उठाएका माग छठ पर्व अघि नै टुंगोमा र्पुयाउन सुझाव दिनुभयो । मोर्चासँग सहमति कायम गरेर नयाँ निर्वाचन गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।
अध्यक्ष गच्छदारले आगामी २०७४ साल माघ ७ गतेभित्र तीन चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले संविधान संशोधन र कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया