inaruwa kurumba
२० असोज, इनरुवा । फुलपातिका दिन हुने कुटुम्ब ब्याण्डको प्रस्तुतिको प्रचारकालागि मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ ।

इनरुवा इभेन्ट म्यानेजमेन्टले शुक्रवार विहान मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो । कार्यक्रमको प्रचारकालागि र्यालीको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राकेश निरौलाले बताए ।

मेघा रिदम इभ तयारीमा जुटेको इनरुवा इभेन्ट म्यानेजमेन्टले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कार्यक्रम अवधीभर कार्यक्रम स्थल महेन्द्रचौकमा निशुल्क वाइफाइको व्यवस्था मिलाइएको निरौलाले बताए ।

अत्याधुनिक साउण्ड सिस्टमको व्यवस्था मिलाइएकाले फुलपातिको साँझ इनरुवा कुटुम्बमय हुने आयोजकको दावी छ ।

तपाईको प्रतिक्रिया