काठमाडौं । दसैंमा पशुबलि रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङ्ग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघ्याङ लगेको बताएका छन् ।

बुधबार पाँच सय ७२ च्याङ्ग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लागिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन् ।१४ वटा कन्टेनरमा राखेर लगिएका च्याङ्ग्रा तर्किघ्याङको जीवनदानका लागि बनाएको ठाउँमा राखिएको उनको भनाई छ ।

‘गुरुको नाममा यस्तो काम गरेका हौं । विगतमा थोरै कलेक्सन गथ्र्यौं,’ उनले भनिन, ‘यसपाली फ्री लाईफ एसोसिएसन भन्ने संस्था पनि सहभागी छ ।’

बुधबार झन्डै ६ सय च्याङ्ग्रा लैजाने टोली शुक्रबार विहान पुनः ३ सय च्याङ्ग्रा किन्न सल्लाघारी पुगेका थिए । यसअघि १८ हजार प्रतिगोटा लगेकोमा व्यापारीहरुले शुक्रबार २० हजार मागेपछि उनीहरु बार्गेनिङ गरिरहेका थिए ।आजको कान्तिपुर दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया