dashian fulpati inaruwa5 dashian fulpati inaruwa6 dashian fulpati inaruwa7

असोज २२ इनरुवा /आज दशैंको सातौं दिन अर्थात दुर्गा पक्ष आश्विन शुक्ल सप्तमी तिथि । आज घरघरमा फूलपाती भित्र्याइदै छ । शुभ साइतको प्रतीक धार्मिक विधि अनुसार फूलपाती भित्र्याइने गरिन्छ । घटस्थापनाका दिन वैदिक विधिपूर्वक दुर्गा आव्हान गरी दशैंघर अथवा पूजा कोठामा राखिएको जमरा स्थानमा फूलपाती भित्र्याउने गरिन्छ ।

यसदिन घरको पूजा कोठामा विधि अनुसार फूलपाती भित्र्याइन्छ भने दुर्गा मन्दिर तथा शक्तिपिठहरुमा विशेष दुर्गा आव्हान गरी राखिएको जमरा स्थल शास्त्रीय विधी अनुसार पूजा गर्ने गरिन्छ । विभिन्न प्रजातिका शुभ साइतका प्रतीकहरु सम्मिलित फूलपाती हर्षबढाईका साथ भित्र्याउने गरिन्छ ।

फूलपातीका अवसरमा इनरुवाका भगवति मन्दिरहरुमा विहानैबाट भक्तजन तथा दर्शनार्थीहरुको भिड लागेको छ । इनरुवा बजारमा रहेको भगवति मन्दिरका साथै बबिया १ मा रहेको भगवतिको मन्दिरमा दुर्गा पूजा गर्ने तथा दर्शनका लागि पुग्नेहरुको भिड लागेको छ । नवरात्रा अवधीभर दुर्गा मन्दिरहरुमा धार्मिक मेला समेत लाग्ने गरेको छ । यसैविच जिल्ला प्रहरी कार्यालय सुनसरी र ससस्त्र सीमा सुरक्षा बल इनरुवा सुनसरीले हर्षबढाइका साथ फुलपाती भित्र्याएका छन् । बाजागाजा सहित फूलपाती भित्र्याइएको हो ।

dashian fulpati inaruwa10 dashian fulpati inaruwa9 dashian fulpati inaruwa8 dashian fulpati inaruwa4 dashian fulpati inaruwa3 dashian fulpati inaruwa2 dashian fulpati inaruwa1 dashian fulpati inaruwa

तपाईको प्रतिक्रिया