Manpur

२२ असोज, दिलिप साह राजविराज। सप्तरी क्षेत्र नम्बर ५ का साँसद तेजुलाल चौधरीले किराँतेश्वर महादेव मन्दिरको शिलान्यास गरेका छन ।
सप्तरीको शम्भुनाथ नगरपालिका २ स्थित खैरबनामा शनिबार एक समारोहको बीच साँसद चौधरीले किराँतेश्वर महादेब मन्दिरको शिलान्यास गरेको हो ।

कार्यक्रममा बोल्दै चौधरीले हचुवा पाराले योजना संचालन गर्दा सप्तरीको धेरैजसो योजनाहरु अधुरो रहेको बताउनुभयो । मन्दिर विकासको लागी समबन्धित निकायहरुमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको साँसद चौधरीले परियोजना प्रस्ताब सहित योजना अगाडी बढाउन आग्रह गर्नुभयो ।

उहाले आगामी बर्षको सांंसद विकास कोषबाट मन्दिर निर्माणमा अधिकतम सहयोग गर्ने उद्घोष समेत गर्नुभयो । नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङले मन्दिर निर्माणमा सर्वपक्षिय सहयोग आबश्यक रहेको बताउनुभयो । उहाले मन्दिरको विकासमा स्थानीय बासी बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । नेपाली सेनाका पूर्र्व मेजर नर बहादुर राउतले शिबलिङ्ग भेटिएको बारे प्रकाश पार्दै शिबलिङ्ग अभुत शक्तीशाली रहेको जानकारी गराउनुभयो ।

मन्दिर शिलान्यास कार्यक्रममा नयाँ शक्ति नेपालका दिप नारायण साह, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि मुक्तीनाथ चौधरी, जिल्ला समिती सदस्य कृष्णदेब यादब, सामुदायिक बन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष लक्ष्मीकान्त चौधरी, गाबिस सचिब हकहित संरक्षण केन्द्र सप्तरीका अध्यक्ष भागबत यादब, ओबिसी सप्तरीका अध्यक्ष बिरेन्द्र कुमार पंडित, जिल्ला शिक्षा कार्यालय सप्तरीका बिरेन्द्र कुमार चौधरी, मुर्तुज मियाँ, दानालाल सदा लगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

किराँतेश्वर महदेब मन्दिर बिकास समिति खैरबनाका अध्यक्ष बिष्णु कुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कलाकार कृष्ण लामाले गरेका थिए । गत असोज २ गते स्थानीय मदन कुमार राईले घर नजिकै रहेको बनमा दाउरा खोज्न गएको बेला सुकेको खैरको जरा खन्ने क्रममा १८ ईन्च लम्बाई रहेको अद्भुत शक्ती भएको शिबलिङ्ग भेटेका थिए ।

शिबलिङ्गलाई स्थानीय बिष्णु कुमार राईले एक कठ्ठा जग्गा उपलब्ध गराए पछि स्थापना गरी सोही स्थानमा मन्दिर शिलान्यास गरेको किराँतेश्वर महादेब मन्दिर विकास समिति खैरबनाका सचिब मित्र बहादुर राईले जानकारी दिनुभयो ।उहाले स्थानीयबासीको सहयोग तथा बिभिन्न सरकारी निकायहरुको सहयोगमा २३ लाख बराबरको लागतमा मन्दिर बनाउन लागेको समेत जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया