Youth

२२ असोज, दिलिप साह राजविराज। सप्तरीका युवाहरुले प्रारम्भ गरेको ५० हप्ते सरसफाईको छैठौं हप्ता राजविराजस्थित देवी मन्दिरहरुमा सरसफाई गरिएको छ । युवाहरुले राजविराज १ स्थित चण्डी भगवती मन्दिर र राजविराज ९ स्थित राजदेवी मन्दिरमा शनिबार सरसफाई गरेका हुन् । यसअघि अघिल्लो हप्ता मुलुककै प्रसिद्व छिन्नमस्तास्थित छिन्नमस्ता शक्तिपीठमा सरसफाई गरिएको थियो ।

सप्तरी युवा मूल समारोह समितिले प्रारम्भ गरेको ५० हप्ते सरसफाई अभियानको छैठौं हप्ताको सरसफाईमा नागरिक समाजका कावा अध्यक्ष थानसिंह भन्सालीसहितकाले सहभागिता जनाएका छन् । यस्तै जिल्ला बाल क्लव संजालका पदाधिकारी, बिभिन्न संघ–संस्थाका पदाधिकारीहरुले समेत सरसफाईमा सहभागिता जनाएको समिति अन्तर्गतको सरसफाई फाँटका प्रमुख मोहन यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया