२२ असोज, दिलिप साह राजविराज। केही दिनयता सप्तरी सदरमुकाम राजविराजमा चोरीको घटना बढ्दै गएको छ । पछिलो पटक राजविराज–१ स्थित हटियामा एउटा मोबाइल पसलमा चोरी भएको छ । पाँच-छ जनाको समूहमा आएको चोरले हटियास्थित साझा पुस्तक पसल अगाडि रहेको अमन कम्यिुनिकेसन (मोबाइल पसलमा) लाखौँ मूल्य बराबरको मोबाइल चोरी गरेको पीडितले जनाएका छन् । सो पसलबाट पाँच लाखभन्दा बढीको मोबाइल चोरी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया