२३ असोज, दिलिप साह राजविराज ।शनिबार बेग्ला बेग्लै भएको सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने तीन जान घाइते भएका छन । शनिबार साँझ सप्तरी कुसाहा–६ स्थित पूर्व पश्चिम लोकमार्गमा बा.४ ख १९३९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएर स. २ प ६२६२ नम्बरको मोटरसाइकलका चालक सप्तरी पडरिया–६ बस्ने ३५ वर्षिय सञ्जय कुमार चौधरीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई सिरहा अस्पतालबाट थप अपचारका लागी न्युरो अस्पताल विराटनगर ल्याइएकोमा राती उनको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस तथा चालक इलाका प्रहरी कार्यालय कडोरवनको नियन्त्रणमा रहेको छ ।

त्यसैगरी सप्तरी तेरहौता–६ राजमार्गमा ना.४ ख ५१४२ नम्बरको बसले ठक्कर दिएर साईकलमा सवार २५ वर्षिय कासिन्दर मरिक घाईते भएका छन् । मरिकलाई पूर्वबाट पश्चिमतर्फ जादै गरेको बसले ठक्कर दिएको हो । सामान्य घाइते मरिकको युनिक अस्पताल राजविराजमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालक इलाका प्रहरी कार्यालय रुपनीमा राखीएको छ ।

यसैगरी बथनाहा–२ राजविराज–भारदह सडक खण्डमा अन–टेष्ट लेखिएको म्याजिक भ्यानले अन–टेष्ट मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक पोर्ताहा–१ बस्ने ३४ वर्षिय राजु राय घाइते भएका छन् ।घाइतेलाई उपचारार्थ सगरमाथा अञ्चल अस्पताल राजबिराज लगिएको छ । उनको अवस्था सामान्य छ । ठक्कर दिने म्याजिक भ्यानका चालक फरार भएकाले प्रहरीबाट खोजी एवं अनुसन्धान कार्य भइरहेको छ ।

सप्तरीकै रायपुर–८ स्थित राजमार्गमा स.४ प ९८३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरी जण्डोल–६ बस्ने ४९ वर्षिय सुनेलाल सिंह घाईते भएका छन् । घाइतेलाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान धरान लगिएको छ ।

तपाईको प्रतिक्रिया