मुस्लिम समुदायले मुहरमको अवसरमा लाठी, घरेलु हतियार सहित कला कौशल प्रदर्शन गर्दै ।
मुस्लिम समुदायले मुहरमको अवसरमा लाठी, घरेलु हतियार सहित कला कौशल प्रदर्शन गर्दै ।

२८ असोज, दिलिप साह राजविराज। असन र हुसेनको सम्झनामा मुस्लिम समुदायले मुहरम पर्व मनाइएको छ । घरेलु हतियार कला प्रदर्शन, बिभिन्न स्थानमा दाहा मेला आयोजना गरी मुहरम मनाएको हो । मुस्लिम समुदायको अर्को महान पर्व मुहर्रम सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरेर मुहरम मनाएको छ ।

तिथिको फरकले कतिपयले बुधबार र बिहीबार उक्त पर्वको अन्तिम दिन मेला आयोजना गरी मनाएको छ । मुहरममा गाइने ‘‘एतवे दुवा माँगै छी अल्लाह , मिथिलेमे तुँ हमरा जनम दियह, जनम–जनम धरि हमरा मौला ,मिथिलेमा तुँ जनम दियह….. साहिल अनवरको यो गितले मिथिला क्षेत्र कला, संस्कृतिको भण्डार भएकोले अल्लाहसँग मिथिलामा पटक पटक जन्महोस् भनि कामना गरेर आर्शिवाद (दुवा) माग्दै गरेको बुझिन्छ ।

एक हप्ता अघिदेखि नै तासा, सहनाई, डम्फा, ढोलक सहितका बाजा(गाजाका साथ किशोर, युवा तथा प्रौढहरुको समूहले कला कौशलता तथा घरेलु हतियार प्रदर्शन गरेर जङ्गी खेल्ले गरिन्छ । ईराकको करवाला मैदानमा यहुदीसँगको लडाईमा पैगम्बर मुहम्मदका दुई नाती असन र हुसेन मारिएको दिनलाई सम्झना गर्दै यो पर्व मनाईदै आएको मुस्लिम समुदायका जानकारहरु बताउँछन ।

प्रत्येक वर्ष असन र हुसेनको प्रतिक सिपर, तजिया, दाहा बनाएर लाठी तथा घरेलु हतियारको कला प्रदर्शन गर्दै मुहरम पर्व मनाउदै आएका छन । मुसलमानहरुको धार्मिक स्थल मस्जिदबाट घरेलु हातहतियारका साथ सिपर÷तजिया लिएर युद्ध कौशलता प्रस्तुत गर्दै रन (मैदान) मा लगेर बिधिवत रुपमा साँझ अन्त्येष्टि गरेर यो पर्व सम्पन्न भएको राजबिराज(२ का मो.आसिन मियाँले जानकारी दिनुभयो ।

मुहरम पर्वका अवसरमा सिपर÷तजिया निकाल्ने बेलामा मुसलमानहरु छाती पिट्दै मातम दुःख मनाउने गर्दछन् । त्यसैले यो पर्वलाई दुःख मातमको पर्व पनि भनिन्छ । मुस्लिम समुदायले राजबिराज नगरपालिको पडरिया, बिहारपुर लगायत जिल्लाको थलही, गौरा, सारस्वर, टिकुलिया, बरमझिया, हनुमाननगर, तोपा सहितका स्थानका रन (खेलमैदान) हरुमा यो पर्वका अवसरमा तजिया-दाहा कलाकौशल प्रर्दशन गरेका छन ।

मुस्लिम समुदायसँग सम्बन्धित रहेको यस पर्वमा तजिया घुमाउने क्रममा मुस्लिम समुदायका साथै हिन्दुहरु समेत दर्शकको रुपमा सहभागि हुने गरेको मुस्लिम समुदायका युवा इर्साद अन्सारी बताउँछन् । जिल्लामा हिन्दू र मुस्लिम बिचको सामाजिक सद्भाव सदियौंदेखि रहँदैआएको बताउँदै उहाँले भन्नुभयो  “राजबिराजका साथै बिभिन्न स्थानहरुमा बुधबार र बिहीबार दाहा मेला आयोजना गरिएको छ, यो मेला तराइमै चर्चित मानिन्छ ।”

राम जातीले मुहरममा बजाइने तास, सहनाइ, ढोलकको आवाजसँगै बृद्ध ब्यक्तिहरुको शरीरमा समेत जवानको ताकत आउने गरेकोले सबै उमेर समूहका व्यक्तिहरुको मुहरममा सहभागी हुने गरेको बताएको छ । पछिल्लो समय जाँडरक्सी तथा नसालु पदार्थको सेवन गरेर जङ्गी खेल्ने गरेकोले झै(झैग्डा हुने गरेको छ । नसालु अवस्थामा कलाकौशल प्रदर्शन गर्ने क्रममा अनियन्त्रित भई एकअर्का उपर आक्रमण हुने गरेको छ । जसले गर्दा दर्जनौ व्यक्ति घाइते हुने गरेका छन ।

तपाईको प्रतिक्रिया