२८ असोज,  इनरुवा । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन् । को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले सुनसरीको चिमडी गाविस–९ मा ठक्कर दिँदा चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको हो ।

सडकपेटीमा बसिरहेका बेला उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको हो भने घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया