नयाँ दिल्ली । भारतको मध्यप्रदेशमा एक दम्पत्तिले आत्महत्या गरेका छन् । आफ्नो अन्तरंग क्षणको भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनीहरुले आत्महत्या गरेको बताइएको छ।भारतको देवास जिल्लाको एउटा गाउँमा पतिपत्नीले आफ्नो गोप्य क्षण आफ्नै मोबाइल फोनमा कैद गरेका थिए । उक्त मोबाइल हराएपछि उक्त पल भाइरल भएको थियो ।

घटनापछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ।घटनाको छानविन गरिरहेको प्रहरीका अनुसार ३५ वर्षीया पुरुषको मोबाइल दुई वर्ष अघि हराएको थियो । मोबाइल पछि स्थानीय सन्तोषसँग फेला परेको थियो । सन्तोषले जब मोबाइल संचालन गर्न सकेनन् तब उनले मुकेश नामका युवालाई दिएका थिए ।

उनीहरुले मोबाइलबाट डाटा निकालेर मोबाइल भने अर्का युवक राजेन्द्रलाई दिएका थिए । प्रहरीका अनुसार केही दिनअघि उनीहरुको उक्त भिडियो भाइरल भएको थियो । यसरी आफ्नो निजी पलको भिडियो सार्वजनिक भएपछि दम्पत्तिले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।उनीहरुका एक छोरा र एक छोरी रहेको बताइएको छ। पुरुषका पिताले यस विषयमा सन्तोष, राजेन्द्र र किशोरविरुद्ध प्रहरीमा एफआइआर दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया