selfi shoot

एजेन्सी । काँधमा गोली लागेको थियो, रगत उत्तिकै बगिरहेको । दुखाई त कति थियो होला कति । तर यस्तो अवस्थामा पनि २० वर्षीय युवकको मुहारमा भने असीम सन्तुष्टिको मुस्कान थियो मानौं कि तिनले निकै ठूलो युुद्ध नै जितेका हुन ।खासमा यो सेल्फीको क्रेज थियो । आफ्नो शरीरमा असह्य पीडा र रक्ताम्य हुँदाखेरी पनि ती युवकले आफ्नो स्मार्टफोनबाट सेल्फी लिएर स्न्यापच्याटका माध्यमबाट सोशल नेटवर्किङ साइटमा पोष्ट गरे । यो नै उनको मुस्कानको रहस्य थियो ।

यो घटना न्यूयोर्क शहरको हो र एरिजोनाको एउटा रेष्टुरेन्टमा काम गर्ने सेल्फीका क्रेजी ती युवकको नाम आइज्याक मार्टिनेज रहेको एजेन्सीहरुले बताएका छन् । गत हफ्ता रेष्टुरेन्टमा गोलीबारी हुँदा उनको काँधमा गोली लागेको थियो । तर उनले सेल्फी पोष्ट गर्दै लेखेका छन्–ल हेर्नु त, मलाई भर्खरै गोली लाग्यो । घाइते आइज्याकलाई अस्पतालमा भर्ती गराइयो तर उनले सेल्फी पोष्ट गर्ने सिलसिलालाई भने निरन्तरता दिए । घाइते अवस्थामा नै उसले आफ्नो अवस्था र उपचारसँग जोडिएका सबै जानकारी तस्वीरसँगै अनलाई अपडेट गरि नै रहेको एजेन्सीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया