काठमाडौँ। दुबई लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्‍याएर बिक्री गरिएको छ ।चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ ।

काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा (नाम परिवर्तन)लाई मानवतस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात करिब पाँच लाख रुपैयाँ बिक्री गरेको प्रहरीले बताएको छ ।

चार दिनअघि उनको उद्धारसँगै प्रहरीले एक एजेन्टलाई पनि पक्राउ गरेको छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ओमान पुर्‍याइएको हो । प्रहरीका अनुसार रुविनाले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिइन् । आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया