काठमाडौं । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।
‘राष्ट्रिय प्रसारण लाइनको बिजुलीको गुणस्तर उच्च हुने भएकाले ग्रिड पुगेपछि स्थानीय बासिन्दा लघु जलविद्युतका लाइन लिन मान्दैनन्,’ कोजुले भने, ‘लघु जलविद्युतको बिजुली ग्रिडमा जोड्न सकिन्छ तर त्यसो पनि हुन सकिरहेको छैन ।
कोजुका अनुसार २६ हजार नौ सय तीन घरधुरीले बत्ती बाल्दै आएका लधु जलविद्युत आयोजनाहरु गि्रड पुगेपछि नराम्ररी प्रभावित भएका छन् ।अाजको अन्नपूर्ण पाेष्टमा खबर छ ।