Teli Samaj३० असोज, दिलिप साह राजविराज। तेली जातिलाई आर्थिक सामाजिक र राजनीतिक उत्थानको आवश्यक रहेको विभिन्न वक्ताहरुले बताएका छन् । तेली कल्याण समाज नेपाल सप्तरीको शनिबार आयोजित सातौं अधिवेशनको उदघाटन कार्यक्रममा वक्ताहरुले यस्तो वताएका हुन् ।

शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा फडको मार्न नसकिएको भन्दै वक्ताहरुले यसको उत्थानको लागि योजनाबद्ध रुपमा अगाडी बढनु पर्नेमा जोड दिएका छन् ।

समाजका जिल्ला अध्यक्ष हरिनन्दन साहको अध्यक्षतामा आयोजित समारोहमा वक्ताहरुले स्वाजातीय भित्र झै–झगडा, विभिन्न हिंसाबाट मुक्त गराउन आपसी समझदारी कायम गराउनुपर्ने भन्दै राजनीतिक पहुँच बढाउनु पर्नेमा जोड दिएका छन् । समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष जगदीश साहले उदघाटन गर्दै समाजको वडा देखि केन्द्रसम्म संरचना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तथ्यांक संकलन समस्याको अध्ययन गरी समाधानको योजना बनाउनु पर्नेमा जोड दिँदै यसको लागि सबैका सक्रिय सहभागीता आवश्यक रहेको बताउनुभयो ।

 कार्यक्रममा पूर्व सांसद जगदीश प्रसाद साह, केन्द्रिय महासचिव राजदेव साह, केन्द्रीय सदस्य नेपाली साहु, संजु साह, सुनसरीका प्रतिनिधि श्याम नारायण साह, साह शिक्षक कर्मचारी मिलन केन्द्रका अध्यक्ष टेक नारायण साह, साह महिला समितिका अध्यक्ष रेणु साह, युवा समितिका उपाध्यक्ष जितेन्द्र साह, पूर्व संयोजक रामदेव साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, पत्रकार महासंघ शाखा सप्तरीको निवर्तमान अध्यक्ष धीरेन्द्र प्रसाद साह, एन प्याबसनका केन्द्रिय सचिव थानेश्वर प्रसाद साह, क्षेत्र नं. १ का अध्यक्ष कृष्ण कुमार साह, क्षेत्र नं. २ का अध्यक्ष विक्रम साह, क्षेत्र नं. ४ का अध्यक्ष विरेन्द्र साह, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा बालिका इभा साह, शिब्स इन्टरनेशनल तथा ईस्र्टन ज्योति सेकेन्ड्री स्कुलका एश्वर्या सिंह, सुमन, जया, प्रमोद, आरती सिंह लगायतले प्रस्तुत गरेको नृत्यको प्रशंसा साथ पुरस्कृत गरिएको छ ।

तपाईको प्रतिक्रिया