Sarsafai३० असोज, राजविराज। सप्तरीमा प्रारम्भ गरिएको ५० हप्ते सरसफाई अभियानको सातौं हप्ता सदरमुकाम राजविराजको वडा नम्बर ५ मा सरसफाई गरिएको छ ।
वडा नम्बर ५ को कंचनपुर रोडदेखि शान्ति टोलमा सरसफाई गरिएको हो । सडकमा फालिएका फोहोर वस्तुका साथै यहाँको नाला र छेउहरुमा रहेका सम्पूर्ण फोहोर युवाहरुले सफा गरेका छन् ।
युवाहरु उपकरणसहित सरसफाई गर्न पुग्दा केहि स्थानीयहरुले समेत सहयोग गरेका थिए । उनीहरुले आफ्नो घरमा रहेको कोदालो लिएर सरसफाईमा सहयोग पु¥याएका थिए । आगामी दिनमा आफ्नो घर अगाडि फोहोर नगर्ने प्रतिबद्वता व्यक्त गर्दै स्थानीयहरुले युवाहरुको सकारात्मक काममा आफूहरुले पनि सघाउने बताए ।
सरसफाई गर्न पुगेका युवाहरुले आगमी दिनमा कसैको घर अगाडि फोहोर पाइएमा त्यो फोहोर घरमा राखिदिने चेतावनी दिए ।
यसैबीच यो टोलमा स्थानीयहरुले फोहोर संकलन गरेर राखेपनि नगरपालिकाका कर्मचारीहरु कहिल्यै नआउने गरेको बताएका छन् । फोहोर सकंकलन गरेर एकठाउँमा जम्मा गरी राखेपनि कर्मचारीहरुले पछिल्लो दुई महिनाभन्दा बढी समयदेखि फोहोर उठाउन नआएको स्थानीय संजीब यादवले बताए । नगरपालिका गएर बारम्बार भन्दा पनि कसैले कुनै किसिमको चासो नदेखाएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया