मकवानपुर। नेपाली हिन्दूको ठूलो पर्व दसैं सकिइसकेको छ । तर, मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने चित्लाङ चार गाउँका गोपाली र गमाल जातिले भने ४ कात्तिकमा दसैंको टीका लगाउने भएका छन् ।

उनीहरुले यो वर्षको दसैं एक सातापछि मनाउने गरि सारेका हुन् ।गोपाली र गमाल समुदायले परम्परागत चम्पकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि नै दसैं परेकाले पछि सारेका हुन् ।

कात्तिक संक्रान्तिको आठौं दिनमा महानवमी परेकाले दसैं पछि सरेको गोपाली समुदायका ९२ वर्षीय आरसिंह गोपालीले बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया