काठमाडौं। कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवको डेरामा चोरी भएको छ ।दशैंमा जिल्ला गएका बेला बानेश्वर शान्तिनगरस्थित उनको डेराबाट करिब तीन लाख रुपैयाँबराबरको धनमाल चोरी भएको हो ।

ढोका फुटाएर तीन चोला सुन, एउटा ल्यापटप, एउटा क्यामेरा र ८५ हजार नगद चोरी भएको नेता यादवले बताए । महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले अनुसन्धान सुरु गरेको छ ।

दशैंका बेला राजधानीमा एक दर्जनभन्दा धेरै स्थानमा चोरी भएका घटना प्रहरीमा उजुरी भइसकेका छन् । दशैंमा धेरैजसो घरमा कोही नहुने भएकाले चोरहरुले ढोका फुटाएर चोर्दे आएका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया