उदयपुर। उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ सिरुवानीकी एक महिलाको अपहराण्पछि हत्या भएको छ । दसैंको सप्तमीका दिन नाटकीय रुपमा अपहराण्मा परेकी बेल्टार बसाहा नगरपालिका–२ सिरुवानीकी २७ वर्षीया भीमकुमारी कटुवालको मोरङको बेलबारी–६ स्थित बेतौनाको जंगलमा रहेको बेतना सिमसारमा लगी उनकै देवर सुवास कटुवालले हत्या गरेको सार्वजनिक भएको छ ।

देवर कटुवालले भाउजूलाई दाजुले सामान पठाइदिएको छ, इटहरीमा लिन आउनू भनेर फोन गरेर फूलपातीको दिन बिहान चार बजे आउन भनेका थिए ।

पतिले पठाएको सामान लिन इटहरी पुगेपछि देवरले मुखमा र आँखामा पट्टी बाँधी गाडीमा राखेर बेतना सिमसारमा पुर्याई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया