जाजरकोट । हुनेखानेका लागि सधैं दसैं भए पनि हुँदा खानेका लागि मीठो–मसिनो खान र नयाँ कपडा लगाउन दसैं नै कुर्नुपर्ने बाध्यता छ । तर, यस वर्षको दसैंमा उत्तरी जाजरकोटको बारेकोट क्षेत्रका बासिन्दाले चाहेजस्तो मीठो मसिनो खान पाएनन् ।

बारेकोटको घाटस्थित खाद्य डिपोमा चामल बाँड्दा बाँड्दै सकिएपछि त्यहाँका बासिन्दाले एक किलो चामलसमेत पाउन सकेनन् । चामल नपाएपछि सो क्षेत्रका बासिन्दाको दसैं खल्लो भएको हो ।

रोकायगाउँ– ६ का नरजिते नेपालीले दसैंमा भात खाने चामल नपाउँदा यसपालिको दसैं खल्लो भएको बताए । उनी दसैंमा खाने चामल किन्न भनेर १७ असोजमा खाद्य डिपो गए पनि बाँड्दा बाँड्दै सकिएपछि खाली हात घर फर्किएका थिए ।घरमा अक्षता बनाउने चामलसमेत नभएपछि छिमेकीसँग अक्षता मागेर दसैं टारेको उनले बताए ।आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया