नेपालगन्ज। नेपालगन्ज कारकाँदोस्थित एक ग्यारेजमा रहेको ट्यांकरमा आगलागी भएको छ । वर्कसपमा कार्यरत एक मिस्त्रीले ख्यालख्यालमा पानी र डिजेलमा सलाई कोर्दा आगलागी भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बनाउनकालागि राकेश वर्कसपमा राखिएको सो ट्यांकरमा कामदारले ख्यालख्यालमा आगो लगाएका थिए । पानी र डिजेलमा आगलागी हुन्छ कि हुँदैन भन्ने जाँच गर्ने क्रममा डिजेल भएको पानीमा सलाई कोर्नासाथ नजिकै रहेको ना४ख २५०९ नम्बरको ट्यांकरमा आगलागी भएको प्रत्यक्षदर्शीलार्य उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

आगलागिमा परि तीनजना घाइते भएका छन् । घाईतेहरुको भेरी अञ्चल अस्पताल, नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको आजको नयाँ पत्रिकामा खबर  छ ।

तपाईको प्रतिक्रिया