काठमाडौं। तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पठक फेला परे तिहारसम्मै हिरासतमा राखिने जानकारी दिए ।एसएसपी थापाका अनुसार पटका लिएर राजधानी भित्रिने जोसुकै भए पनि उनीहरुको तिहार प्रहरी हिरासतमै वित्नेछ ।

शनिबार दिउँसो गौरबाट काठमाडौंतर्फ आइरहेको ना५ख ४९६२ नम्बरको बसमा लुकाई छिपाई ल्याएको ११ बन्डल कोब्रा पटकासहित स्वयम्भू बस्दै आएका भारत मोतीहारीका निलम चौधरी पक्राउ परेपछि तराईबाट राजधानी भित्रिने सबै सवारीसाधन माथिको निगरानीलाई कडा पारिएको प्रहरीको भनाई आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया