hilari clinton

वासिङटन । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले पछिल्लो प्रत्यक्ष टेलिभिजन बहसपूर्व कुनै प्रकारको औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।

न्यु हेम्सरमा भएको र्यालीमा बोल्दै उनले क्लिन्टनलाई निर्वाचित गराउन चुनावी दौडमा धाँधली गरिएको यसअघिको आफ्नो दाबी पनि दोहो¥याएका छन् ।

ट्रम्पले यौन दुव्र्यवहार गरेको भन्ने ताजा आरोप सार्वजनिक भइरहेका बेला उनको चुनावी अभियान मुख्य राज्यहरुमा फितलो बन्दै गएको बेला यस्तो टिप्पणी आएको हो । क्लिन्टनमाथि ट्रम्पको व्यक्तिगत आक्रमण बढ्दै गइरहेको छ । ट्रम्पले यसअघि नै क्लिन्टनलाई धूर्त उपमान दिइसकेका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया