sthaniya-tah punha samrachana

काठमाडौं। सरकारले पुनःसंरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुनःसंरचना आयोगले अब साढे ७ सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेको पछिल्लो मापदण्डसमेत थपेर पुनःसंरचनाका आधारमा परिमार्जन गर्दै संख्या बढाउन लागेको हो ।

आयोग स्रोतका अनुसार सोमबार बसेको बैठकले स्थानीय तहको संख्या ७ सय ४२ तोक्ने तयारी गरेको छ । अन्तिम निर्णय गर्न बाँकी रहेकाले संख्या सामान्य थपघट हुने सम्भावना छ । आयोगले यसअघि ५ सय ६५ वटा स्थानीय तहको संख्या निर्धारण गरेर काम थालेको थियो ।

प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीचको सहमतिपछि सरकारले इलाकालार्य मुख्य आधार मानेर पुनःसंरचना गर्न आयोगलाई नयाँ मापदण्ड दिएको हो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया