thai rajaबैंकक। थाइल्यान्डका राजकुमार महावजिरोलोन्कोर्नको गद्दी आरोहण तत्काल नहुने देखिन्छ । थाइल्यान्डका सरकारी अधिकारीहरुले रजकुमार वजिरोलोन्कोर्न गद्दी सम्हाल्ने अवस्थामा नरहेको जानकारी दिएका छन् ।

गत साता राजा भूमिबोलको निधनपछि वजिरोलोन्कोर्नलाई उत्तराधिकारीका रुपमा हेरिएको छ । तर, राजकुमार वजिरोलोन्कोर्न मर्यादाविपरीत काम गर्न रुचाउने र महिलासँग बढी समय बिताउने भएकाले तत्कालै गद्दी आरोहण सम्भव नभएको ती अधिकारीहरुले बताएका हुन् ।

दरबार छाड्न चेतावनी

थाई राजपरिवारले राजकुमार वजिरोलोकोर्नलाई दरबार छाड्न पटक–पटक चेतावनी दिएको खुलासा भएको छ । राजकुमार वजिरोलोकोर्न बढी समय महिलासँग बिताउने र दरबारको मर्यादाविपरीत कार्य गर्ने भएकाले चेतावनी दिइउको हो । यता थाई प्रधानमन्त्री प्रयुथ चान ओचाले राजकुमारको व्यवहारमा सुधार आउने विश्वास दिलाएका छन् ।

सँधै विवादित राजकुमार

अन्य महिलासँगको सम्बन्धका कारण ६४ वर्षीय राजकुमार वजिरोलोन्कोर्न अक्सर थाई तथा अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आउने गर्छन् । वजिरोलोन्कोर्नको नराम्रो बानी भनेको एकैपटक रिसाउने हो । थाई मिडियाका अनुसार वजिरोलोन्कोर्न राति डिस्को जाने र अन्य महिलासँग रमाइलो गर्ने सामान्य दिनचर्या नै हो । उनले बारम्बार दरबारको नियम कानुन तोडेका छन् । सात सन्तानका बुबा वजिरोलोन्कोर्नले तीनपटक विवाह गरे पनि वैवाहिक जीवन सफल बनाउन सकेनन् । उनले तीन श्रीमतीसँग सम्बन्ध तोडेका छन् ।

आमा नै विपक्षमा
महारानी सिरिकितले सँधै छोरा वजिरोलोकोर्नको विरोध गर्छिन् । आमा सिरिकितले बारम्बार राजकुमार वजिरोलोन्कोर्नलाई मर्यादाअनुसार काम गर्न सुझाव दिन्छिन् । तर, बाहिरी संसारमा रमाउने खालका उनले कहिल्यै आमाको सुझाव पछ्याएनन् । छोराको कर्तुतबाट दिक्क भएकी सिरिकितले एकपटक विवादास्पद अभिव्यक्तिसमेत दिएकी थिइन् । सन् १९८२ मा महारानी सिरिकितले आफ्नै छारो वजिरोलोकोर्नलाई लिएर यस्तो भनिन्, ‘मेरो छोरा महिलाको पछाडि दौडने पुरुष हुन् ।’ गत वर्ष महारानी सिरिकतले एक कार्यक्रममा वजिरोलोकोर्नलाई दरबार छाड्न चेतावनी दिएकी थिइन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया