०२ कात्तिक, दिलिप साह राजविराज। प्रहरीले सप्तरीको तिलाठी गाविसबाट २ लाख मुल्य बराबरको अवैध चाँदीका तयारी गरगहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको भारतीय नागरिकसहित उक्त गरगहना बरामद गरिएको हो । मंगलवार जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार तिलाठी गाविस वडा नम्वर ८ बाट भारतीय नागरिकसहित २ किलो ४ सय ०८ ग्राम चाँदीका तयारी गरगहना बरामद गरेको हो ।

प्रहरी चौकी तिलाठीबाट गस्तीमा खटिएको प्रहरी टोलीले विहार राज्यका मधुबनी जिल्लाको हरिनगर निवासी १६ वर्षीय रमेश पासवान सहित उक्त अवैध चाँदीका गरगहना बरामद गरेको सप्तरीका एसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो। उहाका अनुसार बरामद गरिएको उक्त गरगहना आवश्यक कारवाहीका लागि मंगलवारै भन्सार कार्यालय तिलाठीमा वुझाईएको छ ।

तपाईको प्रतिक्रिया