Lig

०२ कात्तिक, दिलिप साह राजविराज। मधेश प्रिमियर लिग सिजन २ को राजविराज रंगशालामा मंगलबार सहिद परिवारहरुले उदघाटन गरेको छ । मधेश आन्दोलन ३ का प्रथम सहिद राजिव राउत र सहिद रामकृष्ण राउतकी धर्मपत्नीद्वय श्रीमती निलम राउत र श्रीमती सुदामा राउत द्वारा रिबन काटी लिगको उदघाटन गरिएको हो ।

उदघाटन खेलमा क्रिकेट क्लब राइटस सिरहा र चपुर क्रिकेट क्लब रौतहट बिच रोमाञ्चक खेल भएको छ । खेलमा टस जितेर व्यटिंग रोजेको रौतहट टिमले १ सय १० रनको फराकिलो अन्तरले सिरहा टिमलाई हराएको छ । खेलमा म्यान अफ द म्याच रौतहट टिमका सन्जय भगत भएको छ ।

खेल उदघाटन समारोहमा रामसपा जिल्ला अध्यक्ष गजेन्द्र मण्डल , ससफो नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र साह, सदभावनाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, ससफोका केन्द्रिय सदस्य अशोक यादव, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य बिशेश्वर यादव, सदभावना जिल्ला अध्यक्ष सुनिल झा, नेसपा अध्यक्ष तथा मधेशी मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, विद्यार्थीहरुको बिशेष उपस्थिति रहेको थियो ।

मधेशका खेलाडीलाई अन्तराष्ट्रीय स्तरमा चिन्हाउने उदेश्यले सुरु गरिएको यस प्रतियोगितामा मधेशका १६ जिल्लाका क्रिकेट टिमहरुको सहभागिता छ । भोली ९ बजे देखि हुने खेलमा श्रीराम कलेज जनकपुर र युवा यात्रा नेपाल बिरगंज बिच खेल हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया