5g-internet

काठमाडाैं । चीन, जापान तथा दक्षिण कोरिया जस्ता देशहरु फोर जी भन्दा २० गुणा तिव्र गतिको फाइभ जी नेटवर्कको विकाशमा जुटिरहेका बेला नेपालमा भने फोर जी नेटवर्क उपलब्ध गराउने विषयमा बल्ल तयारी सुरु भएको छ ।

फोर जी नेटर्वक उपलब्ध भएका उपभोक्ताले के कस्तो सुविधा पाउन सक्छन र फाइभ जी नेटवर्क के हो ? भन्ने विषयमा पनि धरैलाई जानकारी नभएको देखिन्छ ।

प्रस्तुत छ, फाइभ जी नेटवर्क बारेका ५ तथ्य
१) फाइभ जी प्रयोगकर्ताले फोर जी नेटवर्कमा भन्दा २० गुणा तिव्र स्पीडमा इन्टरनेट चलाउन पाउँछन् । फाइभ जी इन्टरनेट कति तिव्र हुन्छ भने एउटा पूरा एचडी फिल्म केवल एक सेकेण्डमै डाउनलोड गर्न सकिन्छ ।

२) फाइभ जी प्रयोगकर्तालाई भीडभाडमा समेत मोबाइल नेटवर्क प्राप्त गर्न थ्री जी तथा फोर जी नेटवर्कको तुलनामा सहज हुन्छ ।

३) एक विन्दुबाट अर्को विन्दुमा डाटाको एक प्याकेट पुग्न जति समय लाग्छ त्यसलाई लेटेन्सी भनिन्छ । फाइभ जी मा लेटेन्सी रेट १ मिलिसेकेण्ड हुन्छ । जबकी फोर जी मा यो १० मिलिसेकेण्ड हुन्छ ।

४) फाइभ जी नेटवर्कको अत्याधुनिक एप्लिकेसनको रुपमा स्वचालित सवारी साधन संचालन गर्न सकिन्छ । स्वचालित गाडीहरु समेत फाइभ जी नेटवर्कको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

५) फाइभ जी को व्यवसायिक प्रयोग सन् २०२० बाट हुने अपेक्षा गरिएको छ । तर दक्षिण कोरियाले भने सन् २०१८ को शीतकालीन ओलम्पिकबाटै यसको सुरुवात गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया