lost mahila sunsari1

इनरुवा ३ कात्तिक /आफन्त गुमाएकी महिलालाई परिवारको जिम्मा लगाइएको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीको पहलमा बोल्न नसक्ने महिलाले परिवार भेटाएकी हुन् । इटहरी प्रहरीले चौकमा भौतारिरहेको अवस्थामा भेटाएको महिलालाई महिला तथा बालबालिका कार्यालय सुनसरीको जिम्मा लगाएको थियो ।

कार्यालय प्रमुख रश्मि श्रेष्ठले पहिचान खुल्न नसकेकी महिलाको हकमा मातहतमा जानकारी गराउनुका साथै परिवारको खोजीका लागि पहल गरेकी थिइन् । मानसिक सन्तुलन समेत गुमाउन पुगेकी महिला बारम्बार भाग्ने गरेपछि उनलाई दिउँसोको समयमा भने जिल्ला प्रहरी कार्यालय सुनसरीमा राख्ने गरिएको थियो । प्रहरीका साथै अन्य सरोकारवालाहरुले समेत परिवारको खोजिमा सहयोग पुर्याएपछि विरानगरमा रहेका आफन्तलाई बोलाएर उनको जिम्मा लगाइएको श्रेष्ठले बताइन् ।

तपाईको प्रतिक्रिया