bhola pasman sammanit hulak diwas saptari
३ कात्तिक, सप्तरी।  पहिलो आउने सेवाग्राहीलाई सम्मान गर्दै जिल्ला हुलाक कार्यालय सप्तरीले विश्व हुलाक दिवश मनाएको छ । विश्व हुलाक दिवस गत अक्टोबर ९ तारिकका दिन परेपनि त्यस दिन महाअष्टमी परेकाले हुलाक सेवा विभागले कात्तिक ३ गते अर्थात बुधबार यो दिवस मनाउन परिपत्र गरेको थियो ।

पत्रानुसार जिल्ला हुलाकले पहिलो आउने सेवाग्राहीलाई सम्मान गर्दै दिवस मनाएको छ । सम्मानित हुने पहिलो सेवाग्राही संचारकर्मी नै परेका छन् । कञ्चनरुप साप्ताहिक पत्रिका कञ्चनपुर सप्तरीको दर्ता गराउन राजविराजस्थित जिल्ला हुलाक कार्यालय पुगेका पत्रकार राजकुमार पासवानलाई सम्मानित गरिएको छ ।

पासवानलाई फूलको माला तथा अबिर लगाइदिदैं डायरी र डटपेन हस्तान्तरण गर्दै सम्मान गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख दक्षनारायण श्रेष्ठले जानकारी दिए ।  पासवान कंचनरुप साप्ताहिक पत्रिकाको दर्ता गराउन हुलाक कार्यालय पुगेका थिए । पासवान इनरुवा अनलाइनका सप्तरी संवाददाता तथा कंचनरुप साप्ताहिक पत्रिकाका प्रबन्ध निर्देशक पनि हुन् ।

सोही क्रममा जिल्ला हुलाक कार्यालय सप्तरीका कार्यलय सहयोगी इश्कीलाल यादवलाई पनि कार्यालय प्रमुख दक्षनारायण श्रेष्ठले दौसाला ओढाई फूलको माला तथा अबिर लगाइ प्रमाण पत्र समेत दिएर सम्मान गरेका छ । विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाकमा सरसफाई समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया