Football

४ कात्तिक, दिलिप साह राजविराज । बडा दशैको अवसरमा सप्तरीको लोहजरा गाविसमा सुरु गरिएको फुटबल प्रतियोगिताको बुधबार फाइनल खेलमा सन्यासी युवा कल्व पोखरीयाले जित हात पारेको छ । लोहजारा ठाकुर युवा कल्बले आयोजना गरेको फुटबल खेल प्रतियोगिताको बुधबार फाइनल खेलमा सन्यासी युवा कल्व पोखरीयाले युवा फुटवल टीम तैरोहतालाई ०–१ गेलले पराजित गदै जित हासिल गरेको छ ।

खेलको पहिलो इनिङ्गमा सन्यासी युवा कल्व पोखरीयाले एक गोल गरेपनि अर्को इनिङ्गमा युवा फुटवल टीम तैरोहताले गोल गर्न नसकेकाले युवा कल्व पोखरीयाले जित हात पार्न सफल भएको आयोजक समितिले जनाएको छ । बुधबार सम्पन फाइनल खेलको प्रथम हुने सन्यासी युवा कल्व पोखरीया टीमलाई प्रमुख अतिथि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराजका ईन्जिनियर उपेन्द्रनारायण यादवले नगद रु ११ हजार ५१ रुपैया पुरस्कार र ट्रफी प्रदान गर्नुभयो ।

त्यस्तै उप बिजेता हुने युवा फुटवल टीम तैरोहतालाई नगद रु ५ हजार ५१ रुपैया पुरस्कार तथा ट्रफी दिएर पुरस्कृत गरिएको स्थानीय रामसेवक यादवले जानकारी दिनुभयो । लोहजरा ठाकुर युवा कल्बका अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो । गत असोज १९ गते देखि संचालन भएको फुटबल खेल प्रतियोगिता खेलमा जिल्ला भरिका करिब १२ ओटा टिम सहभागीता जनाइएको थियो ।

तपाईको प्रतिक्रिया