chotadon

नयाँ दिल्ली, कार्तिक २० । भारतका कथित ‘अन्डरवर्ल्ड डन’ छोटा राजनलाई भारत ल्याइएको छ । इन्डोनेसियाको बालीमा पक्राउ परेका उनलाई शुक्रबार बिहान भारत ल्याइएको हो ।

विशेष विमानबाट उनलाई दिल्ली ल्याइएको भारतीय अधिकारीहरुले जनाएका छन् । दिल्ली ल्याइएलगत्तै उनलाई प्रहरीको ‘स्पेशल सेल’ को जिम्मा लगाइएको छ ।

उनलाई अदालतमा पेश गरिने अधिकारीहरुले जनाएका छन् ।

विभिन्न हत्यामा संलग्न अभियुक्त छोटा राजन बिगत २० बर्षदेखि फरार थिए । इन्टरपोल मार्फत पक्राउ परेका उनलाई कडा सुरक्षा घेराका बीच दिल्लीमा ल्याइएको हो ।

उनीमाथि मुम्बईमा १७ जनाको हत्या गरेको र लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लगाइएको छ ।

अष्ट्रेलियाली सुरक्षाकर्मीको सुराकीका आधारमा उनलाई इन्डोनेसियाको प्रहरीले पक्राउ गरेको थियो । लामो समयसम्म अष्ट्रेलियामा रहेका उनी केही दिनअघि मात्रै इन्डोनेसिया पुगेका थिए ।उनीमाथिको मुद्दाको सुनुवाई भारतमा हुनेछ ।

तपाईको प्रतिक्रिया