pataka-1४ कार्तिक, इटहरी । सिमा क्षेत्रमा रहेका प्रहरी गस्ति र चेकिङ टाेलीलार्इ छक्याएर भारतिय ब्यापारीहरूकाे संलग्नतामा भारी मात्रामा बिष्फाेटक पदार्थहरू नेपाली बजारमा भित्रीने गरेकाे पाइएकाे छ ।

भारी मात्रामा पटाका सहित एक ब्यापारीलार्इ इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेपछि यस्ताे पाइएकाे हाे । प्रहरीले गस्तीकाे क्रममा बिराटनगर राेडबाट २० बन्डल ( ३२ हजार वटा ) पटाका सहित माेरङ बनिगाउ ९ का ३५ बर्षीय बद्रीनारायण चौधरीलाई पक्राउ गरेकाे हाे ।

बाेरामा हालेर साइकलमा डुलाउदै गरेकाे अवस्थामा संका लागि चेकजाच गर्दा साे परिमाणकाे पटाका र साइकल सहित उनलार्इ नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । पक्राउ परेका चाैधरीले भारतीय बजार जाेग्वनीबाट भारतीय ब्यापारीकाे सहयाेगमा उक्त पटाका नेपाली बजारमा ल्याएकाे बताएका छन ।

उक्त पटाका जन्य पदार्थहरू भारतीय ब्यापारीकाे सहयाेगमा अाफुले इटहरी , तरहरा , खनार दहबी र इनरूवा जस्ता साना बजारका पसलहरूमा लगेर बिक्री बितरण गर्ने गरेकाे पक्राउ चाैधरीले बताए । पटाका मास्टर भनेर चिनिने  चौधरीलाई नियन्त्रणमा लिई विस्फोटक पद्धार्थसम्बन्धी ऐन २०१८ बमोजिम कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी नरेस राज सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया