bal-biwah-prgm-sachetna inaruwa mahila
इनरुवा ४ कात्तिक/ स्थानीयतह सम्म चेतना अभिवृद्धि सम्वन्धि कार्यक्रमहरु संचालन हुन थालेपछि सुनसरीमा बालविवाहका घटनामा कमी आउन थालेको छ । सुनसरीका ग्रामिण भेगमा सरोकारवालाहरुको पहुँच बढेसँगै त्यस्ता प्रकृतिका घटनामा कमी आउन थालेको हो ।
महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको बालविवाह न्यूनिकरण समवन्धि कार्यक्रममा विगतका तुलनामा बालविवाहका घटनामा कमी आउन थालेको विवरण सार्वजनिक गरिएको हो ।

bal-biwah-prgm-sachetna inaruwa mahila1
सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले प्रस्तुत गर्नु भएको कार्यपत्रमा जिल्लामा चालु आ.व.मा ८ वटा बालविवाह रोकथाम गरिएको उल्लेख छ । शिक्षाको स्तरमा वृद्धि सँगै सचेतना मूलक कार्यक्रमको प्रभावकारीता बढ्दै जाँदा बालविवाहका घटनामा कमी आउन थालेको सरोकारवालाहरुको बुझाई छ । ग्रामिणी भेगमा अझपनि गुपचुप तवरले बालविवाह हुने गरेको पाइने गरेकाले त्यसतर्फ ठोस पहलकालागि सहकार्यको खाँचोमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

सचेतनामुलक कार्यक्रमलाई विस्तार गर्दै लैजाने महिला तथा बालबालिका कार्यालय सुनसरी प्रमुख रश्मि श्रेष्ठले बताइन् । कार्यक्रममा मदरसामा अध्ययरनत छात्राहरुकालागि पोशाक समेत वितरण गरिएको थियो । सुनसरीमा विशेषगरी मुस्लिम समूदाय र अन्य विपन्न परिवारमा बालविवाह हुने क्रम बढी रहेको छ ।

तपाईको प्रतिक्रिया