pashu prgm 20161020_125111
इनरुवा ४ कात्तिक / जिल्ला पशु सेवा कार्यालय इनरुवा सुनसरीले आर्थिक वर्ष २०७३।०७४ मा संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । जिल्ला स्थित राजनैतिक दल लगायत सरोकारवालाहरुको उपस्थितीकावीच कार्यालय प्रमुख शिवनाथ महतोले व्यवसायिकताको प्रवद्धन सहितको उत्पादकत्वमा वृद्धि गराई संचालनमा ल्याइने जिविकोपार्जन तथा आयआर्जन मुलक कार्यक्रम प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।

कार्यालयले सुनसरी जिल्लालाई आगामी तीन वर्ष भित्रमा अण्डा,मासु र दुध उत्पादन र उपभोगमा आत्म निर्भर बनाउने लक्ष लिएको छ ।
पशु सेवा कार्यालय सुनसरीले युवा लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।कार्यालयले आर्थिक वर्ष २०७३।०७४ मा संचालन हुने विविध कार्यक्रमकालागि ६ करोड २० लाख ५८ हजार रकम सार्वजनिक गरेको छ । कार्यक्रममा निर्मित प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा, स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले, सांसद सीताराम मेहता लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया