४ कात्तिक, दिलिप साह राजविराज। राजबिराजमा संचालित एमपिएलको टि टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको बिहिवार भएको खेलमा बिराटनगरलाई ७ बिकेटले पराजित गर्दे युथ क्रिकेट एकेडमी राजबिराजले बिजयको शुरुवात गरेको छ ।

राजविराजस्थित रंगशालामा संचालित आजको खेलमा टस जितेर पहिले व्याटिङ्ग गर्दै गुराँस क्रिकेट कल्वले १९.५ ओभर खेल्दैले सबै बिकेट गुमाई ८० रनमै सिमित रहे । जसमा टिमका लागी अनिल यादव १६ रन प्रशान्त सिँह तथा कालीचरण यादबले १२÷१२ रन वाहेक कुनै खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।

गुराँस टिमलाई सस्तोमा समेटिन बलिंग तर्फ युथका मिनाष थापाले ४ ओभरमा १३ रन खर्चेर घातक बलिंग गर्दे ३ बिकेट लिए पछि बिराटनगर टिमले राम्रो स्कोर गर्न सकेन, यसैगरी युथका मिकु मण्डल र बिवेक यादबले समान्य २÷२ बिकेट हात पारेका थिए ।
जवाफमा ८१ रनको लक्ष्य लिई मैदानमा ओर्लेका राजबिराज युथ एकेडमीले मिनाष थापाको उत्कृष्ट ब्याटिंग गरेपछि टिमले ११.१ ओभर खेल्दै आफनो ३ विकेट क्षतिमा बिजय हासिल गरेका थिए ।

जसमा टिमका लागी मिनाषले ३ चौकाको मदतले २६ रन, रवी रायले २० रन बनाएका थिए । बलिङ्गतर्फ बिराटनगरका अनिल यादब,महबुव ईराकीले १÷१ बिकेट लिएपनि टिमलाई जिताउन प्रयाप्त हुन सकेन । उक्त खेलको म्यान अफ द म्याच युथ एकेडमीका मिनाष थापा घोषित भएका थिए । घोषित म्यान अफ दि म्याच थापा लाई नेकपा माओवादी वाईसियल केन्द्रिय सदस्य मुकेश यादबले पुरस्कार प्रदान गरेका थिए ।
। भोलीको पहिलो खेल झापा ११ र गणपति क्रिकेट कल्व राजबिराज तथा दोस्रो खेल रंजितपुर क्रिकेट कल्व सप्तरी र सुनसरी क्रिकेट एकेडमी बिच हुने आयोजक समितिका पवन दासले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया