५ कार्तिक, रोशन पोखरेल विराटनगर । विराटनगरमा हुने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रपति भण्डारी जेष्ठ नागरिक महोत्सव २०७३ मा सहभागी हुन विराटनगर आउने तय भएको छ । आयोजक मनमोहन स्मृति प्रतिष्ठानले २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर विराटनगरको जैन भवनमा  भोली र पर्सी महोत्सवको तयारी गरेको हो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

राष्ट्रपति भण्डारी महोत्सव उद्घाटन गर्न आउने तय भएपछि विराटनगरको सुरक्षा व्यावस्थामा अझ कडा बनाईएको मोरंग प्रहरीले जनाएको छ ।महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुुमार नेपाल तथा विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमन्त्रीहरु पनि सहभागी हुने कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी दिएको छ । जेष्ठ नागरिकको सम्मान लाई भव्य रुपमा बनाउनका लागी एमाले मोरंगले विशेष पहल गरेको सभासद रिशिकेश पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया