scuter accident byke dharan

५ कर्तिक, धरान ।  आज विहान सुनसरीको धरानमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । को ४ ख ५३८७ नम्बरको यात्रुवाहक बस धरानको भोटेपुल नजिक ब्रेक फेल भई को १६ प ४९३० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक धरान ८ बस्ने ४१ वर्षिय हेमन्त गुरुङको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

 ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ । भने मृतक गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया